काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ। कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो।
फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल त्यही स्थानमा थियो। कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन। नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत १०८ औं स्थानमा छ। यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औं स्थानमा छ।
विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताको क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।