|

डोल्पा : डोल्पाको जिल्ला अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पहिलोपटक एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्रर जडान गरिएको अस्पतालले जनाएको छ।

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सामाजिक विकासमन्त्री दल रावलको विशेष पहलमा भेन्टिलेटर प्राप्त भएको अस्पताल प्रमुख डा. सिजन रावलले बताए। सुविधा सम्पन्न अस्पतालमा मात्र राखिने महँगो मूल्य पर्ने भेन्टिलेटर दुर्गमका अस्पतालमा जडान गरिनु जिल्लावासीका लागि सुखद् कुरा भएको डा. रावललको भनाइ छ।

भेन्टिलेटर जडानपछि स्वास प्रवासमा समस्या भएका बिरामीहरुको उपचारमा सहज हुने अस्पतालले जनाएको छ। भेन्टिलेटर जडान भए पनि सदरमुकाम दुनैमा सञ्चालित विद्युतको भोल्टेज न्युन आउने हुँदा सञ्चालन गर्न समस्या भएको अस्पतालका डा. रमेश बुढाले बताए।

विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्नका लागि विद्युतबाट चल्ने अक्सिजन कन्सिनेट्ररभन्दा अक्सिजन सिलिण्डर भरपर्दो हुने डा. बुढाको भनाइ छ। अहिले जिल्ला अस्पतालमा एउटा पनि अक्सिजन सिलिण्डर नभएको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.