|

काठमाडौं : कोभिड-१९ को संक्रमित भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

मुख्‍यमन्त्री पौडेलको सचिवालयलका अनुसार शुक्रबार सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो। उनको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा हुने बताइएको छ। 

बिहीबार पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना  सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.