|

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ।

गएराति भएको खेलमा मुम्बईले चेन्‍नईलाई १० विकेटले पराजित गरेको हो। चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। मुम्बईका लागि इशान किशनले ६८ र क्विटन डिककले नटआउट ४६ रन बनाए।

यसअघि टस हारेर पहिला ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो। चेन्नईका लागि साम करनले ५२ कप्तान महेन्द्र सिंह धोनीले १६, इमरान ताहिरले नटआउट १३ र श्रदुल ठाकुरले ११ रन बनाए।

चेन्नईलाई कम स्कोरमा समेट्न  ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका बोल्टले एक मेडनसहित १८ रन दिएर ४ विकेट लिए। जसप्रित बमराह र राहुल चहरले २२ तथा नाथन कोल्टर नीलले १ विकेट लिए।

जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई १० खेलमा सातौं जित हासिल गर्दै १४ अंकसहित रनरेटको आधारमा शिर्ष स्थानमा पुगेको हो।

यो सिजन खराब प्रदर्शन गरेको चेन्नईले ११ खेलमा ७ खेल हारेको छ भने ३ मा मात्र जित निकालेको छ। हारसँगै  चेन्नई प्लेअफबाट बाहिरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.