|

काठमाडौं : दशैँ पर्व सुरु भइसकेको छ। आज घर-घरमा महाअष्टमी मनाइँदै छ। तर, यस वर्षको दशैँमा विगतका वर्षहरूमा चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन्।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण ६ महिना बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा काठमाडौंका बसपार्कलगायत मुख्य नाकाहरू सुनसान बनेका हुन्।

विगतका वर्षमा यतिबेला गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छन्।
केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.