|

ओखलढुंगा :  ओखलढुंगाको एउटा वडामा एकल पुरुषलाई मासिक औषधि खर्च प्रदान गरेको छ। बडादशैंको शुभकामनासहित ६० वर्ष देखि ६९ वर्षभित्रका एकल पुरुषहरुलाई औषधि उपचार खर्च प्रदान गरिएको हो।

सुन्दा अनौठो लोगे पनि जिल्लाको खिजीदेम्वा गाउँपालिका-४ यो वर्षदेखि एकल पुरुषलाई यो सेवा प्रदान गर्ने जिल्लाको पहिलो वडा बनेको छ। एकल पुरुष ७ जनालाई मासिक पाँच सयको दरले खिजीदेम्वा गाउँपालिकाको नीति कार्यक्रम र बजेट सिमा भित्र रही आ.व.०७७र७८को वडागत बजेट सिनं १ को शीर्षक अनुरुप रकम प्रदान गरिएको वडा नं. ४ का वडा अध्यक्ष कमल न्यौपानेले बताए।

रकम प्राप्त गर्ने  ७ जना एकल पुरुषहरुले खुसी व्यक्त गर्दै निरन्तरताको निमित्त र सबै प्रकारका एकल पुरुषहरुलाई औषधि उपचार खर्चको व्‍यवस्था गरिदिन अनुरोध गरेका छन्। जनही मासिक ५०० का दरले बर्षभरिको एकमुष्ठ रु.६००० का दरले रकम वितरण गरिएको वडा कार्यालयले जनाएको छ।  ६० वर्ष पूरा भएका ६९ वर्ष नकाटेको एकल पुरुषलाई आफूले प्राप्त गर्नुपर्ने औषधि उपचार खर्च लिन छुटेको भएका वडामा सम्पर्क राख्‍नसमेत वडा अध्यक्ष न्यौपानेले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.