|

काठमाडौं : कोभिड-१९ को महामारीका कारण आईपीएलको १३ औं सिजन दर्शकबिनाको खाली मैदानमा खेल भइरहेको छ। युएईस्थित खाली मैदानमा खेल भइरहेको फाइदा भने टिभी भ्युरसिपमा परेको छ।

ब्रोडकास्टिङ अडियन्स रिसर्च काउन्सिल (बार्क) का अनुसार सिजनको सुरुवाती ३२ खेलपछि भ्युअरसिपमा तीव्र वृद्धि भएको छ। भ्युरसिप गत सिजनको तुलनामा ३० प्रतिशतले बढेको छ।

रिपोर्ट अनुसार ३२ खेलमा ३६.१ करोड खेलप्रेमीहरुले खेल हेरेका छन्। सुरुका ४ हप्तामा २३ हजार ३९० करोड मिनेट खेल हेरिएको थियो। जारी सिजनमा ३२ खेलपछि प्रतिखेल हेर्ने समय ७३० करोड मिनेट भएको छ। जबकी आईपीएलको १२ औं सिजनमा ३५ खेलपछि ५६० करोड मिनेट हेरिएको थियो।

यो वर्ष समर्थकहरुले प्रतिखेल ४२ मिनेट समय बिताएका छन्। जबकी गत संस्करणमा यो संख्या ३७ मिनेट थियो। जसअनुसार १५ प्रतिशत हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.