|

काठमाडाैं : एल क्लासिको भिडन्तमा घरेलु मैदानमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ। शनिबार साँझ भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडसँग १-३ गोल अन्तरले पराजय भोगेको हो। 

पहिलो हाफको पाँचाैं मिनेटमै फेड्रिको भालभर्डेले रियलको लागि खाता खोलेका थिए। त्यसको ती मिनेटमै बार्सिलोनाका अन्सुफाटीले गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएका थिए। 

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६३ औं मिनेटमा कप्तान सर्जिओ रामेशले गोल गर्दै रियललाई २-१ गो अवस्थामा ल्याइपुर्याएका थिए। अतिरिक्त समयमा मैदान प्रवेश गरेका लुका मोड्रिचले ९० मिनेटमा गोल थपेपछि रियल ३-१ ले विजयी भएको हो। 

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना १० औं स्थानमा छ। दुवै टोलीले यसअघिका खेलमा हार बेहोरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.