प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ता दिने

|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत मन्त्री तथा प्रदेशसभा सदस्यको टोली शनिबार राउटे बस्तीमा पुग्यो। राउटे बस्ती अवलोकन गरेसकेपछि मुख्यमन्त्री शाहीले राउटेले जंगलमा गरेको दुःखलाई देखेर खान बस्न सरकारले दिने, स्थायी घर हालेर बसाउने भन्दै जंगलमा दुःख नगर्न भने।

त्यसको जवाफमा राउटेका मुखियाले मुख्यमन्त्रीलाई भने, ‘तपाईहरुलाई दुःख हुन्छ होला राउटेले दुःख मान्दैन।’ मुख्यमन्त्री शाहीले राउटेहलाई सुझाव दिए, ‘तपाईहरुले अब पढ्न लेख्न पनि सिक्नुपर्छ।’ मुख्यमन्त्रीको सुझाव सुनेपछि राउटेले आफूलाई चाहिने कुरा जानेको भन्दै १, २, ३, ४, ५, ६...भन्दै औंला भाँचे। एक मुखियाले भने, ‘तपाईहरु वान, टु भन्नुहुन्छ, हामी १, २ भन्छौं।’

नेपालको एक मात्र फिरन्ते जाति राउटेलाई दशैंमा खाद्यान्न वितरण गर्न मुख्यमन्त्री शाही लगायतका मन्त्रीहरु दल रावल र बिमला केसीलगायतको टोली राउटे बस्तीमा पुगेका हुन्। उनीहरुले राउटे बस्तीको अवलोकन गर्नुका साथै मस्याको पनि जानकारी लिएका छन्।

यसैबीच कर्णाली प्रदेश सरकारले राउटेहरुलाई थप दुई हजार रुपैयाँ मासिक भत्ता दिने भएको छ। यसअघि सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत मासिक प्रतिव्यक्ति तीन हजार रुपैयाँका रुपले भत्ता दिँदै आएको छ। अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

यस्तै, प्रदेश सरकारले राउटेको स्वास्थ्य, सरसफाइ, शिक्षा तथा खानपिनमा पनि ध्यान दिने जनाएको छ। मुख्यमन्त्री शाहीले राउटेका समस्यालाई प्रदेश सरकाले स्थानीय सरकारसँगको सहकार्यमा समाधान गरिेने बताए। शाहीले राउटेको पहिचान नमेटिने गरी आनीबानीमा सुधार गरिनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री शाहीको टोलीले राउटेलाई भोज पनि खुवाएको छ। मुख्यमन्त्री तथा मन्त्रीहरुले  राउटेलाई आफ्नै हातबाट खाना पस्केर खुवाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.