नवदुर्गाले सबैलाई कोरोनासँग लड्ने आत्मबल र सक्षमता प्रदान गरून्

|

काठमाडौं : मन्त्रिपरिषद्का पूर्व-अध्यक्ष खिलराज रेग्मीले विजयादशमी २०७७ को शुभ–अवसरमा दिएका छन्। उनले हरेक वर्ष मनाइँदै आएको विजयादशमीको शुभ अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘आज कोरोना महामारीले संस्कार र संस्कृतिलाई प्रभाव पारेको छ। आवागमन सिमित गर्नुपर्दा मानिस आज कुँजिए जस्तै भएको छ। आर्थिक र मनोसामाजिक समस्या दिनानुदिन बढ्दो छ। विपन्न एवंम बेरोजगारहरूको दैनिकी कष्टकर हुँदो छ। के सम्पन्न, के विपन्न सबै आ-आफ्नै किसिमले प्रभावित छन्। यसको प्रभावबाट कोही अछुतो छैन। परन्तु समस्यासँग जुध्दै अघि बढ्न चुनौतीको सामना गर्नैपर्ने हुन्छ।’

उनले यो यो बेला मुख्य विषय भनेकै कोरोना संक्रमितको उपचार व्यवस्थापन रहेको बताएका छन्। सरकारले नागरिकको उपचारको जिम्मा लिनुपर्ने उनको भनाइ छ। ‘यो मानवीय र संवैधानिक दायित्व पनि हो। अहिलेको सर्वोपरि प्राथमिकताको विषय नै यही हो भन्ने लाग्छ’ उनले शुभकामना दिँदै भनेका छन्।

त्यसैगरी जस्तोसुकै अवस्थामा पनि आफ्नो धर्म संस्कृति छाड्न नसकिने भन्दै उनले संयमित र संवेदनशील भएर चाडबाड मनाउन सबैलाई आग्रह गरेका छन्।

‘त्यसैले आफ्नै घर परिवारमै बसी दसैं मनाऔं, आफू पनि सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित हुन दिऔं। नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरौँ’ उनले भनेका छन्।

त्यस्तै, पूर्व-अध्यक्ष रेग्मीले नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न हामी सबैलाई आत्मबल र सक्षमता प्रदान् गरून् भन्ने कामना पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.