काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। कोरोना भाइरसको महामारी फैलिएको कारणले यस वर्ष शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको हो।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोरोनाका कारण यो वर्ष नगरिने व्यहोरा जानकारी गराएका छन्।
'वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै थियो' विज्ञप्तिमा भनिएको छ, 'हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।