|

काठमाडौं : यतिबेला उपत्यकाका सडक सुनसान बनेका छन्। कोरोना संक्रमणको जोखिमसँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए।

उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिए पनि मुख्य आइतबार दिउँसो चोकहरू तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडीको आवागमन नगण्य नै थियो।

उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन् भने उपत्यकाभित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन्।

अघिल्ला वर्षहरू जस्तै दशैं उल्लाहसमय नभए पनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक बिदा दिएका कारण अन्य पर्वहरुको भन्दा दशैंको महत्व अलग्गै रहन्छ।

यसैले पनि दशैं मनाइरहेका काठमाडौंबासी सडकमा आएनन्। सडकमा सुरक्षा निकायका गाडी, आकस्मिक सेवाका गाडी, र आफ्नो अत्यावश्‍यक कामले हिँडेकाबाहेक अन्य गाडीहरू देखिएका छैनन्।
दशैंको मुख्य दिनहरु सप्तमी, अष्टमी, नवमी र टीकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीतिअनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.