शीर्ष स्थानमा पुग्ने बेंग्लोरको लक्ष्य अधुरै

|

काठमाडाैं : जारी आइपिएलको ४४ औं खेलमा चेन्नेई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले हराएको छ। तर लगातार तीन खेलमा पराजय बेहोरेर प्ले अफमा पुग्ने सम्भावना चेन्नेईले गुमाइसकेको छ।

चेन्नेईको जितमा रुतुराज गैकवाडले नट आउट सर्वाधिक ६५ रन बनाए भने युजवेन्द्र चहलको बलमा आउट हुनुअघि अम्बाती राइडुले ३९ रनको योगदान दिए। फाप्डु प्लेसीले २५ रन र कप्तान महेन्द्रसिंह धोनीले २१ बलमा नट आउट १९ रन बनाए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो।  उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ बलमा अर्धशतकीय पारी खेले। फाप्डु प्लेसीबाट क्याच आउट भएका कोहलीले १ चाैका र १ छक्का हिर्काएका थिए। 

त्यस्तै देवदत्त पाडिक्कलले २१ बलमा २२ तथा ११ बलमा १५ रन बनाए। विष्फोटक ब्याट्सम्यान एभिडि भिलियर्सले ३६ बलमा ३९ रन बनाए। बेंग्लोरका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

चेन्नेईका साम कुरेनले आज बेंग्लोरको तीन विकेट लिन सफल भए भने दीपक चहरले दुई तथा मिचेल स्याटनरले एक विकेट लिए। 

दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा पराजयपछि शीर्ष स्थानमा उक्लिने बेंग्लोरको लक्ष्य असफल भएको छ। बेंग्लोरले पछिल्ला पाँचमध्ये दुई खेल गुमाएर तालिकाको तेस्रो स्थानमा छ भने जितसँगै अन्तिमबाट एक स्थान माथि उक्लिन सफल चेन्नेईका लागि जित केवल प्रतिष्ठा बनेको छ।

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.