काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घण्टामा पाँच हजार ६ जनाको पिसिआर परीक्षण गर्दा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३७४, ललितपुरमा २५२० र भक्तपुरमा १५२० जना रहेका छन्। काठमाडौंमा १० हजार ५०१ जना, ललितपुरमा २४ सय ९५ जना र भक्तपुरमा १७ सय १९ जना होम क्वारेन्टिनमा बसेका पनि मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८६२ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।