|

काठमाडौं : धरानमा थप ५० वर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरी धरानका संक्रमित पुरुषको १० गते १ बजे प्रतिष्ठानमा मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

मृतक प्रतिष्ठानमा उपचाररत थिए। संक्रमितलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोग थियो। उनलाई १ गते कोरोना पुष्टि भएको थियो। ८ गते कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको थियो।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.