|

काठमाडौं : रुपन्देहीको बुटवलमा थप दुई संक्रमितको मृत्यु भएको छ।

बुटवलको कोरोना विशेष अस्पतालमा एक महिला र एक पुरुषको मृत्यु भएको हो। तिलोत्तमा नगरपालिका ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

यस्तै बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको गौतमको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.