|

काठमाडाैं : मोदी सरकारले मंगलबार एउटा ठूलो निर्णय गरेको छ। अब भारतका कुनै पनि व्यक्तिले जम्मु कश्मीर र लद्दाखमा जग्गा किन्न सक्छन् र त्यहाँ बसोबास गर्न सक्छन्। मंगलबार, गृह मन्त्रालयले यसप्रति हरियो संकेत दिँदै नयाँ सूचना जारी गरेको हो। यद्यपि खेतीयोग्य जमिनमा भने प्रतिबन्ध जारी रहनेछ भनिएको छ।

भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यो आदेशलाई केन्द्रशासित प्रदेश जम्मु कश्मीर पुनर्गठन (केन्द्रीय कानुनको अनुकूलन) तेस्रो आदेश, २०२० भनिनेछ।

यो आदेश तत्काल प्रभावसाथ लागू हुने बताइएको छ। सामान्य आदेश ऐन, १८९७ अनुसार यो व्याख्यासहित लागू हुने भनिएको छ।

जम्मु कश्मीरका उपराज्यपाल मनोज सिन्हा भन्छन्, 'हामी बाहिरबाट जम्मु कश्मीरमा उद्योग स्थापना गर्न चाहन्छौं, त्यसैले औद्योगिक जग्गामा लगानी गर्नु आवश्यक छ।'

तर खेतीपाती गर्ने जमिन राज्यका जनतासँग मात्र रहनेछ। त्योभन्दा पहिले जम्मु कश्मीरका बासिन्दाले मात्र जग्गा किनबेच गर्न सक्थे। मोदी सरकारको नयाँ सूचनाअनुसार अब बाहिरका मानिसहरूले पनि यहाँ जग्गा किन्न सक्नेछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.