|

सप्तरी : पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिँहले जानकारी दिए। 

पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको  थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.