|

भद्रपुर (झापा) : कोरोना भाइरस संक्रमणबाट झापामा थप एक वृद्धाको मृत्यु भएको छ। योसँगै झापामा संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

पछिल्लोपटक मेचीनगर नगरपालिका–६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार उनको बुधवार बिहान ९ बजे बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कोरोना परीक्षण विराटनगरको नोबेल हस्पिटलमा गरिएको थियो।

एक साता उपचाररत रहेका उनको कोरोना परीक्षणको पोजेटिभ रिपोर्ट विजयादशमीका दिन आएको हो। उनलाई उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो। निमोनिया भएकी उनको त्यहाँबाट थप उपचारका लागि बिएण्डसी हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेको थियो। 

कोरोनाबाट मृत्यु भएको उनको शव नेपाली सेनाले  व्यवस्थापन गर्ने भएको छ। उनको दाहसंस्कार कनकाई नदीमा गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.