|

काठमाडौं : तत्कालीन राजप्रसाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका पारिवारिक स्रोतले जनाएको छ।  मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए।

उनले मदन पुरस्कारसमेत प्राप्त गरेका थिए। दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.