अयोध्याको मन्दिर पनि चुनावी मसला

|

पटना : भारतको केन्द्रीय राजनीतिमा पनि प्रतिष्ठाको विषय बनेको बिहार राज्य विधानसभाको चुनाव अहिले भइरहेको छ। राज्यका २४३ सिटमा आज ७१ सिटका लागि चुनाव भएको छ। 

७१ सिटका लागि निर्वाचन भइरहँदा केन्द्रीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेशनल डेमोक्रेटिक एलायन्सका लागि बिहार पुगेर भोट मागेका छन्। जनता दल युनाइटेडका नेता तथा बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै पटना, दरभंगा र मुजफ्फरपुर चुनावी सभालाई मोदीले बुधबार सम्बोधन गरे। त्यसपछि अन्य दुई चुनावी सभामा पनि उनी सहभागी भए। 

मोदीले यो पटक नितिशकुमारलाई टक्कर दिइरहेका राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलाई जंगलराजका राजकुमारको संज्ञा दिएका छन्। भारतकै सबैभन्दा सानो उमेरका प्रतिपक्षी दलका नेता यादवको नाम लिँदै मोदीले मुजफ्फरपुर चुनावीसभामा जंगल राजका राजकुमारको संज्ञा दिएका हुन्। 

'पहिलेका सरकारको मन्त्र थियो-पैसा हजम, परियोजना खतम्। बिहारमा जंगलराज ल्याउनेहरु फेरि हार्नेछन्', उनले मुजफ्फरपुरको सभामा तेजस्वी यादवमाथि आक्रमण गर्दै भने, 'जंगलराजका युवराजलाई बिहारका जनता राम्रोसँग चिन्छन्। यिनको पुरानो ट्र्याक रेकर्ड देखेर जनता यिनीहरुसँग के अपेक्षा गर्न सक्छन्।'

दरभंगा चुनावी सभामा मिथिलाका महान लेखक विद्यापतिलाई सम्झिँदै १४ वर्षमै नीतिकुमारको नेतृत्वमा बिहार धेरै अघि बढेको बताए। भगवान राम पत्नी सीतालाई सम्झिँदै उनले सदियौँको तपस्यापछि अयोध्यामा भव्य राम मन्दिर निर्माण शुरू भएको दाबी गरे 

'माता सीताको यस क्षेत्रमा आएर म यहाँका बासिन्दालाई राम मन्दिर बन्‍न लागेकोमा बधाई दिन्छु', उनले भने, 'किनकि तपाईंहरु त्यसको प्रमुख हकदार हुनुहुन्छ। भाजपा र एनडीएको परिचय भनेको जे बोल्छ, त्यो पूरा गरेरै छाड्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.