|

पर्वत : विश्वकै अग्लो भएको दाबी गरिएको कालीगण्डकी नदीमाथि बागलुङ र पर्वत जिल्ला जोड्ने गरी बनेको बञ्जी जम्प कात्तिक १५ गतेबाट सबैका लागि खुला हुने भएको छ।

नदीको सतहबाट दुई सय २८ मिटरको उचाइमा पाँच सय २५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेर बनाइएको बञ्जीमा अहिलेसम्म परीक्षणका क्रममा धेरै जम्प गरेको भए पनि व्यावसायिक रूपमा कात्तिक १५ गतेबाट सुरु गर्न लागिएको सञ्चालक कम्पनी ‘द क्लिप’ का अध्यक्ष राजु कार्कीले बताए।

बञ्जीसँगै निर्माण गरिएका अन्य दुई साहसिक खेल स्वीङ र स्काइ साइक्लिङ तथा बागलुङको बलेवातर्फ रहेको रिसोर्ट पनि व्यवसायिक रूपमा सञ्चालन हुने भएका छन्। निर्माण पूरा भएको अवस्थामा कोरोना सङ्क्रमणको जोखिमका कारण भएको लकडाउनका कारण ढिला गरेर औपचारिक रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

बन्जी र स्वीङ दुवैको मूल्य सात हजार र पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्वीङको शुल्क आठ हजार चार सय ५० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ। यस्तै जोडीमा गरिने स्वीङको लागि १२ हजार रुपैयाँ तोकिएको छ।

बञ्जीजम्प, स्वीङ, स्काई साइक्लिङ र रिसोर्ट निर्माणमा हालसम्म २० करोड रुपैयाँ लगानीको भएको अध्यक्ष कार्कीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.