|

बारा : बारा प्रहरीविरुद्ध जनता समाजवादी पार्टीका कार्यकर्ता सडकमा उत्रिएका छन्। जिल्ला सदरमुकाम कलैयामा सयौं संख्याका कार्यकर्ताले प्रहरीविरुद्ध नाराबाजी गरेका छन्। 

भारतीय सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा पर्ने इलाका प्रहरी कार्यालय अगाडि बुधबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो। सोही विषयलाई लिएर जसपाले प्रहरीविरुद्ध प्रदर्शन गरेको हो। 

बुधबार राति साँढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले खोसेर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोजेका थिए। त्यस क्रममा झडप भएको र झडपले ठूलो रुप लिएपछि बारा प्रहरीले फायर गरेको थियो। जहाँ गोली लागी एक बालक घाइते भएका थिए।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो। आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो।

घाइते बालकको अवस्था गम्भीर

प्रहरीको गोली लागेर सुवर्ण गाउँपालिका–२ कै १४ वर्षीय रन्जन कुमार यादव घाइते भएका हुन्। उनको टाउकोमा गोली लागेको छ। स्थानीय एसआर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको छ।

बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र टाउकोमा बायाँपट्टिको भागमा भित्रै गोली रहेको अस्पताल स्रोतले जनाएको छ। ​

यो पनि पढ्नुहोस् 

 

 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.