|

बझाङ : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऎन महरलाई बझाङमा अनेरास्ववियूकै कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन्। 

जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई अनेरास्ववियूका जिल्ला कमिटीका नेताहरूले कालो झण्डा देखाएका हुन्। 

कार्यक्रममा विद्यार्थी नेताहरूले 'अनेरास्ववियू जिन्दावाद', 'गुट भेला मुर्दावाद' भन्दै नाराबाजीसमेत गरेका थिए। 

कालो झण्डा देखाउने अनेरास्ववियूका जिल्ला कमिटी सदस्य गणेश कुँवर र पूर्वजिल्ला कमिटी सहसचिव रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य नमेश कुवर, त्रिवेणी बहुमुखी क्याम्पसका स्ववियु सभापति जयबहादुर कुँवर र सचिव मिलन ताम्राकार भने बेपत्ता भएका जिल्ला कमिटी सदस्य गणेश कुँवरले जानकारी दिए। 

बझाङमा अनेरास्ववियू संगठन विस्तार गर्दा संयोजक महरले एकता विधानविपरीत कार्य गरेको भन्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउँदै आएका थिए। 

संगठनमा लामो समय काम गरेका, सिनियर विद्यार्थी नेतालाई लत्याएर आफन्त नातागोतालाई  संगठनको जिम्मेवारी दिइएपछि असन्तुष्टि जनाउँदै संयोजक महरलाई कालो झण्डा देखाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.