|

काठमाडौं : नेपालीहरू दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा अहिले भक्तपुरका पोट्री स्क्वायरमा तिहारका लागि बालिने दियो (पाला) बनाउने कामको चटारो बढेको छ।

परम्परागत शैलीमा माटो प्रयोग हुने भएपनि अचेल विद्युतीय झिलिमिली बत्तीले पालालाई विस्थापित गर्दैछ। माटोका पालाको महत्व घट्दै गएको व्यवसायीहरू बताउँछन्।

लक्ष्मी पूजाको लागि पाला नै बाल्ने चलन भएकाले यसको छुट्टै धार्मिक महत्त्व छ। वर्षेनी लाखौं मुल्य बराबरको पाला बनाउने गरेको, तर यो वर्ष कोरोना महामारीका कारण पालाको माग नआएको व्यवसायी हरिशरण प्रजापति बताउँछन्।

प्रजापति भन्छन्‌, 'लकडाउनको खाली समयमा नै ८०% काम सकिएकाले भीडभाड र काम कम भएको छ।'​ होलसेलमा बेच्दा सानो पाला पाँच रुपैयाँमा तीनवटा र ठूलो पाला प्रतिगोटा दुई रुपैयाँमा बेच्ने गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.