गाउँ-समाजमा आएर जनतासँग माफी माग्‍न सुझाव

|

रौतहट : रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद अनिलकुमार झालाई आफनो गाउँपालिकामा प्रदेश गरेर देखाउन चेतावनी दिएका छन्।

शुक्रबार गाउँपालिकाकै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष मुखियाले यस्तो चेतावनी दिएका हुन्।

संघीय सांसद झाले केही दिनअघि यमुनामाई गाउँपालिकामा आयोजित एक कार्यक्रममा स्थानीय तहको बजेट नगर तथा गाउँपालिकाको बाउको बजेट नभएको भन्दै दिएको अभिव्यक्तिको घोर भर्त्र्सना गर्दै मुखियाले यस्तो चेतावनी दिए। स्थानीय जनतासँग माफी मागेर मात्रै गाउँ पस्न संसद झालाइ उनले सुझाव दिएका छन्।

अध्यक्ष मुखियाले दशैँको शुभकामना मन्तव्य दिने क्रममा सांसद झाद्वारा स्थानीय तहको रकम मेयरको बाउको होइन, विदेशमा कमाउन गएका व्यक्तिहरुको श्रीमतीहरू अरूसँग अनैतिक सम्बन्ध राखेको जस्ता अमर्यादित, अशोभनीय अभिव्यक्ति दिएकोमा कडा रुपमा उनले आलोचना गरेका  थिए।

दलित जातिबाट गाउँपालिकाको प्रमुख पदमा आएको हुँदा आफूलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएको प्रति आक्रोशित बन्दै  अध्यक्ष मुखियाले सांसद झाले माफी नमागेसम्म उनलाई पालिकाभित्र प्रवेश गर्न नदिने अडान दोहोर्‍याए।

विधिको शासन व्यवस्थामा सांसद भएर महिला र स्थानीय तहको प्रमुखहरूमाथि दिएको अभिव्यक्ति दिनु कतिको सान्दर्भिक रहेको प्रश्न गर्दै उनले त्यसको निराकरण जनताले पछि गर्ने बताए।

नेपाल सरकारको निति निर्देशनअनुरूप वित्तीय समानीकरण, समपूरक, विशेष बजेट सांसदले पठाउछ कि राज्यले पठाउँछ यो सोचनीय विषय हो, सांसद भएर जाबो एउटा डाइभर्सन बनाउन नसक्ने तर जयनगरमा संसदीय कोषको रकम दुरुपयोग गरी जयनगरमा मेडिकल कलेजको नाममा माछा पोखरी सञ्‍चालनमा ल्याएको छ अब हामी त्यसको हरहिसाब सांसदसँग खोज्नुपर्ने अवस्था आएको अध्यक्ष मुखियाले बताएका छन्।

महिलाहरू आन्दोलित

सांसद झाले विदेशमा कमाउन गएका व्यक्तिहरुको श्रीमतीहरू अरूसँग अनैतिक सम्बन्ध राखेको जस्ता अमर्यादित, अशोभनीय अभिव्यक्ति दिएको भन्दै उनको राजिनामा माग गदै महिलाहरु आन्दोलित भएका छन्। उनीहरूले बिहीबार सांसद झाको राजीनामाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबमार्फत ज्ञापन पत्रसमेत पठाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.