ट्रम्पले पटक पटक ग्रेटाको मजाक उडाएका थिए

|

काठमाडौं : जलवायु परिवर्तनका लागि तत्काल एकीकृत प्रयासको खाँचो रहेको भन्दै अभियानमा जुटेकी स्वीडेनकी किशोरी ग्रेटा थन्बर्गले आफूलाई व्यङ्ग्यात्मक प्रहार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ महिनापछि उस्तै जवाफ फर्काइन्।

गत वर्ष जलवायु सम्मेलनमा ग्रेटाको भाषणले विश्वको ध्यान खिचिरहँदा ट्रम्पले धार्मिक कार्यक्रमलाई महत्व दिएका थिए। अमेरिकी राष्ट्रपतिले जलवायु परिवर्तन शिखर सम्मेलनमा जानुको साटो धार्मिक उत्पीडनमा आफ्नो ध्यान लगाएपछि विवादित भएका थिए।

उनले ट्रम्पले आफ्नो व्यङ्ग्यका लागि प्रयोग गरेका शब्दहरू नै आफ्नो जवाफका रुपमा प्रयोग गरेकी थिइन्।  उनको आक्रामक र भावनात्मक सम्बोधनको विश्वका नेताहरु तथा सेलिब्रिटीले समेट ट्वीट गर्दै प्रशंसा गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको मजाक उडाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.