|

रौतहट : जिल्ला कारागार रौतहटमा क्षमता भन्दा ३ गुणा बढी कैदी बन्दी बस्दै आएका छन। कारागारमा १ सय २० जना मात्रै बस्ने स्थान भएता पनि अहिले उक्त कारागारमा ३ सय साठी जना बस्दै आएका छन्। क्षमता भन्दा तिन गुण कैदी बन्दी भए पछि कारागारको अबस्था र दयनीय बनेको छ।

करिब ९६ वर्ष अघि अर्थात बि.सं.१९८१ सालमा निर्माण भएको यो कारागार हालसम्म पनि उस्तै अवस्थामा रहेकोले भित्र रहेका कैदी बन्दीको अवस्था निकै खराब रहेको हो। 

कारागार बन्दी गृह होइन, सुधार गृह हुनु पर्छ र कैद सजाय पाएकाहरुले पनि मानविय रुपमै आफ्नो सजाय भुक्तानका लागी उचित बास स्थान पाउनु पर्छ भन्ने अन्तराष्ट्रिय मान्यता रहेको छ तर रौतहट जिल्ला कारागारको अवस्था भने निकै दयनीय रहेको एक कैदीबन्दीले बताएका छन्।

क्षमता भन्दा तिन गुणा बढी कैदी रहेको जीर्ण भवनमा त्रासदीपूर्ण जीवन काटी रहेका कैदीहरूको लागि केन्द्र र प्रदेश तथा स्थानिय सरकारले ध्यान दिनु पर्ने उनले बताए।

राणाकालिन कारागारका संरचनाहरु समयसँगै परिवर्तन हुन नसक्दा कैदीहरू अमानवीय रुपमा खाँदिएर बस्न बाध्य भएका छन्।  गर्मीको बेला खाँदिएर सुत्न नसक्ने कैदीहरू वर्षा लागे पछि पानीमा रुझ्दै बस्न बाध्य हुन्छन भने चिसोमा कठ्याङ्ग्रिनु पर्ने अवस्थामा छन्। कारागार प्रशासनले जीर्ण भवनको बारेमा बारम्बार पत्राचार गरे पनि हाल सम्म कुनै सुधार नभएको जनाएको छ।

खिया लागेर भत्किएका झ्याल, ढोका र कैदी बन्दिको अत्याधिक चापले बस्न गाह्रो भएको कैदीहरूले बताए।  ९६ वर्ष पुरानो कारागारमा जुनसुकै बेला भवन भत्किएर मान्छेको ज्यानै जान सक्ने अवस्थाकाबीच कैद भुक्तान गरिरहेका कैदीहरूलाई कारागार भित्रै मरिन्छ की भन्ने चिन्ता बढेको उनीहरु बताउँछन्।  समयसँगै कारागारका पूर्वाधार पनि विकसित गर्दै जानुपर्ने तथा कसुरका आधारमा सजाय काट्ने बन्दीहरु पनि मानव नै हुन भन्ने सोचका साथ कारागारहरूलाई व्यवस्थित सुधार गृह बनाउन सरकारले जोड दिन उनीहरुको माग छ।

जीर्ण भवनका कारण कैदीहरूको व्यवस्थापन मात्रै नभएर सुरक्षाकर्मी र कर्मचारीको व्यवस्थापनमा पनि समस्या आएको गौर कारागार कार्यालयका निमित्त प्रमुख शम्भुप्रसाद यादवले  बताए। तत्कालीन कारागार ब्यबस्थापन विभागका महानिर्देशक प्रदीप कँडेलले गौर कारागारको निरीक्षण गर्ने क्रममा  भवन निमार्णका लागि पहल गर्ने आश्वासन दिएको प्रमुख यादवले बताए।

उक्त कारागारमा १४ वर्ष देखि बस्दै आएका कैदीबन्दी छन्। सबैभन्दा बढी लागु औषधको अभियोगमा कैदीहरू रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.