|

काठमाडौं : फूलै फूलको बगैँचाले परिचित छ इचङ्गु। तिहार लागेसँगै यतिखेर नागार्जुन नरगपालिका–३ का कृषक फूल टिफ्न बारीमा व्‍यस्त छ्न्।

उनीहरूलाई अरूसँग कुरा गर्ने फुर्सदै छैन। यस ठाउँको प्रमुख पेसा नै फूल व्यासाय हो। फूल व्यापारले नै उनीहरूको जीविकोपार्जन हुने गर्दछ। तर, यस वर्ष भने कोभिड–१९ का कारण सोचे जस्तै फूलको मूल्य नपाउँदा कृषक चिन्तित छन्।

कृषक सुनिता तामाङ भन्छिन्, ‘कोरोनाले गर्दा अहिले फूलको मूल्य नै छैन। अघिल्लो वर्ष जस्तो ग्राहक पनि आँउदैन।’

उनका अनुसार अघिल्लो वर्ष एक ढ्वाङको एक हजारसम्ममा फूल बेच्ने गर्थिन्। तर अहिले तीन सय ५० मात्रै आउँछ। दैनिक १० जनासम्म ग्राहक घरैमा फूल किन्न आउँथे। तर, यसवर्ष मुस्किलले ३ जना आउने गरेको उनले सुनाइन्। उनीहरूले तिहारका लागि यो फूल वसन्तपुरसम्म ल्याएर बेच्‍ने गरेका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.