|
तस्बिर : छेप्तेन गुरुङ

पर्वत : सामान्य अवस्थामा पनि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुस्ताङलाई सोमबारको वर्षाले झनै खुलाएको छ।

बिहान नौ बजेदेखि अपराह्न तीन बजेसम्म भएको सिमसिम वर्षापछि आकाश खुल्यो। रूख र ढुङ्गामा टाँसिएको धूलो पनि पखालिँदा सफा देखिएको मुस्ताङमा अपराह्नपछि देखिएको घामको झुल्कोले निकै सुन्दरता दियो।

वर्षापछि मुस्ताङ चिसो पनि ह्वात्तै बढेको छ। स्थानीय छेप्तेन गुरुङका अनुसार सोमबार साँझ पानी नै जमेको थियो भने माथिल्लो भेगमा हिउँ पनि परेको थियो।

हेर्नुहोस् फोटोहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.