|

काठमाडौं : उपत्यकामा बुधबार थप १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ८ सय २२, भक्तपुरमा ४८ र ललितपुरमा १ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये महिला १ सय ३र पुरुष ६ सय ३५ जना छन्।

काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका १२ हजार  ५ सय ७२ सक्रिय संक्रमित छन्। कुल संक्रमित संख्या ७९ हजार ७ सय ६१ जना पुगेको छ। ६६ हजार ८ सय ८२ जना कोरोना संक्रमणमुक्त र  हालसम्म ३ सय ७ संक्रमितले ज्यान गुमाएका छन्‌।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार ६२, कुल संक्रमित ७ हजार १ सय ९० जना रहेकोमा ६ हजार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्‌। हालसम्म ८० संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, ललितपुरमा हालसम्म सक्रिय संक्रमित संख्या २ हजार ५६ जना पुगेको छन्।  ९ हजार ४ सय ४१ कोरोना संक्रमणबाट मुक्त भएका, ८८ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार ५ सय ८५ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.