|

काठमाडौं : उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका तथ्यहिन, आधारहिन र पार्टी एकतामा गम्भिर आँच आउने उद्धेश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन्।

हिजोको सचिवालयको सार भन्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा।’

त्यस्तै उनले त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गरेको भन्दै यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गरेको दावी पनि गरेका छन्। ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!,’ पोखरेलले कार्यकर्तालाई भनेका छन्।

 

कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा अध्यक्षद्वयकै बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि एकता झन जटिल मोडमा पुगेको छ। 

स्थिरता र समृद्धिका लागि जनमत प्राप्त नेकपाका शीर्ष नेताबीचको स्वार्थ र विवाद पटकपटक सार्वजनिक हुँदा नेता-कार्याकर्ता र जनस्तरमा निराशा, चिन्ता र आक्रोश उत्पन्न भइरहेको छ। आगामी १० दिनपछि बस्ने सचिवालय बैठकमा ओलीले आफूमाथि लगाइएका आरोपबारे लिखित जवाफ कस्तो दिन्छन् त्यसले निर्धारण गर्नेछ पार्टी फुट्ने वा बिभाजन हुने भन्ने बारेमा।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.