|

काठमाडौं : नेपाल बजारमा सुन भाउ  लगातार ओरोलो लागेको छ। 

कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो। 

खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको छ।

आज नेपाली बजारमा सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारको बिदा पछि बुधबारबाट सुनको कारोबार खुलेको थियो। बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.