|

पर्वत : गण्डकी प्रदेशमा बिहीबार विभिन्न जिल्लाका थप एक सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या १० हजार छ सय ८८ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएको बिहीबारको पहिलो विज्ञप्तिमा विभिन्न छ जिल्लाका ४१ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ।

थपिएकाहरूमा बागलुङको बागलुङ नगरपालिका–१ का एक जना, गोरखाको अजिरकोट गाउँपालिका–४ का एक जना, आरुघाट गाउँपालिका–६ का एक जना, बारपाक गाउँपालिका–७ का एक जना, ८ का एक जना, गण्डकी गाउँपालिका–७ का एक जना, गोरखा नगरपालिका–६ का एक जना, १३ का एक जना, पालुङटार नगरपालिका–३ का एक जना, सिरानचोक गाउँपालिका–७ का एक जना रहेका छन्।

यस्तै लमजुङको दुधपोखरी गाउँपालिका–६ का दुई जनामा, बेशीसहर नगरपालिका–२० का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयत्रिवेणी गाउँपालिका–४ का एक जनामा, देवचुली नगरपालिका–९ का एक जनामा, १० का एक जनामा, १२ का एक जनामा, १४ का एक जनामा, गैँडाकोट नगरपालिका–१ का एक जनामा, २ का एक जनामा, ५ का दुई जनामा, ८ का दुई जनामा र १३ का एक जनामा पनि सङ्क्रमण रहेको पाइएको छ।

नवलपरासी पूर्वकै हुप्सेकोट गाउँपालिका–१ का एक जनामा, २ का एक जनामा, कावासोती नगरपालिका–८ का दुई जनामा, ११ का एक जनामा, १७ का एक जनामा, मध्यविन्दु नगरपालिका–२ का एक जनामा र ७ का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ। यसैगरी स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा एक जना, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा एक जना, देवघाट गाउँपालिका–१ मा एक जना र भानु नगरपालिका–९ मा एक जना सङ्क्रमित थपिएका छन्।

दोस्रो विज्ञप्तिमा चार जिल्लाका २६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ। उनीहरू बागलुङका १० जना, कास्कीको वडा नं ३, ७, ८, १५, १७, २१ र २९ का १३ जना, मुस्ताङका दुई जना र तनहुँका एक जना रहेका छन्।

तेस्रो विज्ञप्तिमा पाँच जिल्लाका ४९ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू गोरखाको गोरखा नगरपालिका–१ का एक जना, कास्कीको पोखरा महानगरपालिकाका वडा नं। १, २, ४, ५, ७, ८, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, २५, २६, २७ र ३३ का ४२ जना रहेका छन्। यस्तै पर्वतको पैयुँ गाउँपालिका–२ का एक जनामा, स्याङ्जाको वालिङ नगरपालिका ५ र ९ का तीन जनामा तथा तनहुँको शुक्लागण्डकी र व्यास नगरपालिकाका दुई जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ।

निर्देशनालयको चौथो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका १५ जनामा, स्याङ्जाको बिरुवा गाउँपालिकाका एक जनामा र तनहुँको व्यास नगरपालिकाका एक जनामा सङ्क्रमणको पुष्टि भएको छ। पाँचौँ विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिका–११, १९ र २६ का सात जनामा सङ्क्रमणको पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा थप चार जनाको मृत्यु भएको छ। योसँगै मृतकहरूको सङ्ख्या एक सय ३१ पुगेको छ।

थपिएका मृतकहरूमा कास्कीको पोखरा महानगरपालिका–९ की ८३ वर्षीया महिला छन्। कात्तिक २५ गते सङ्क्रमणको पुष्टि भएकी ती महिलाको बिहीबार बिहान साढे सात बजे उपचारको क्रममा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पोखरामा मृत्यु भएको हो। उनमा निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या रहेको थियो।

पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया महिलाको पनि बिहीबार बिहान साढे सात बजे मृत्यु भएको छ। कात्तिक २४ गते सङ्क्रमणको पुष्टि भएको ती महिलाको उपचारको क्रममा बिहीबार बिहान पौने चार बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो। उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको पनि सङ्क्रमण रहेको पुष्टि गरिएको छ।

यस्तै लमजुङको बेंसीसहर नगरपालिका–५ का ७१ वर्षीय पुरुषको बुधवार साँझ पौने सात बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। कात्तिक २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनिया र हेपटाइटिसको समस्या रहेको थियो।  

पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिका–२८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार दिउसो पौने एक बजे मृत्यु भएको हो। गत तीन गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनिया, मिर्गौला र उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.