|

काठमाडौं : धरानको बिपी कोभिड अस्पतालमा सप्तरीकी ७१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। बोदे बरसाईन नगरपालिका–३ की संक्रमित महिलाको गएराति साढे ८ बजे मृत्यु भएको हो।

मृतक महिलालाई ४ गते कोरोना पुष्टि भएको र सोही दिन अस्पतालमा भर्ना गरिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणका मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ।

त्यसैगरी, सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। हाल जिल्लामा १ सय २३ संक्रमित उपचाररत छन्। १८ सय संक्रमण मुक्त र कुल संक्रमित १९ सय ४२ पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.