|

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–६ को वाना प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखपन–६ का खगेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय  संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीले जानकारी दिए।

गत मंसिर २ गते वाना प्राथमिक स्वास्थ्य चौकीको को१झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड भएको थियो। आरोपमा पक्राउ गरिएको प्रबक्ता बुढाथोकीले बताए। तोडफोडबाट एम्बुलेन्सको अगाडि भागको सिसा फुट्नुका साथै विभिन्न भागमा क्षति पुगेको थियो। भने स्वास्थ्य चौकीको मूलगेटसमेत तोडफोड भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स तोडफोड भएपछि चल्न नसक्ने अवस्थमा पुगेको छ।

उक्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले दुई वर्षअघि संघीय सांसद राजन्द्र गौतमको सांसद विकास कोषको रकमबाट खरिद गरेको थियो। एम्बुलेन्स तोडफोड भएपछि बिरामी ओसारपसार समस्या भएको स्थानीयले बताए।

पाँचखपन नगरपालिकामा एक मात्रै एम्बुलेन्स सेवा रहेको थियो। एम्बुलेन्स तोडफोडमा संम्लग्न भएका मगरलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.