|

काठमाडौं : अहिले तराईका जिल्लामा मात्रै नभएर पहाडी जिल्ला र उपत्यकामा पनि छठ पर्वलाई उत्तिकै महत्व दिने गरिन्छ।

राजधानी उपत्यकामा पनि छठ उल्लासका साथ मनाइन्छ। काठमाडौँको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठ पर्वका लागि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ।

मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परासँग जोडिएको पर्व हो छठ। छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ।

कोभिड-११९ का कारण भिडभाड नगर्न र स्वास्थ्य मापदण्डसहित पर्व मनाउन अनुरोध गरिएको छ। विशेषगरी मिथिलञ्‍चल क्षेत्रमा भक्तजनहरू हर्षोल्लासकासाथ छठ मनाइरहेका छन्। छठ भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हुन्छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.