|

महोत्तरी : तराईका उत्तरीभागमा रहेका अधिकांस ठाउँमा इनारमै छठ मनाइएको छ। 

धार्मिक मान्यताअनुसार छठपर्व पोखरी  तथा नदीमा मनाइने गरिन्छ। तर तराईका उत्तरी भागमा जहाँ पानीको अभाव छ, त्यहाँका स्थानीयले इनार भएको ठाउँमा निष्ठापूर्वक छठ मनाउने गर्छन्।  

महोत्तरी र धनुषामा त्यस्ता धेरै ठाउँ छन् जहाँ पोखरी तथा नदी छैनन्। महोत्तरीको भंगहा नगरपालिका ४ बिर्ताबासीले इनारमै छठ मनाउँछन्। बिर्तामा पोखरी र नदी नभए पनि लामो समयदेखि भव्य रूपमा छठ मनाउँदै आएको स्थानीय सुजित महतो बताउँछन्। महतोका अनुसार केही व्यक्ति छठ मनाउन ५ किलोमिटर टाढा नदीमा जान्छन् तर आफूहरुले वर्षौदेखि इनारमै छठ मनाउँदै आइरहेको बताए। 

बर्दिबास नगरपालिका–९ का स्थानीय युवा नेता सन्तोष महतोले छठ मनाउन पानीको मुहान भएको ठाउँमा मनाउनुपर्ने मान्यता भए पनि बाध्यताले इनारमै सरसजावट गरेर छठ मनाउँदै आएको बताए। 

छठमा पानीमा उभिएर सूर्यलाई अर्घ्य दिने गरिन्छ। 

फोटो : महोत्तरीबाट थाहाखबरकर्मी सुरेन्द्र सिंह

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.