|

डडेल्धुरा : डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पोखरा बजारभन्दा पाँच किलोमिटरभन्दा माथि उत्तरतर्फ सुर्कालमाथि कस्या टाकुरो छ।

डडेल्धुराकै सबैभन्दा अग्लो डाँडामध्येको यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक डाँडाको रुपमा मानिन्छ। ​कस्याबाट डडेल्धुरालगायत डोटी, अछाम र भारतको उत्तराखण्डको अवलोकन गर्न सकिन्छ।

अमरगढी नगरपालिकाले पर्यटकीय सम्भावना बोकेको कस्या टाकुरोको भौतिक पूर्वाधार विकासको काम गरिरहेको छ। बोलपत्र नै आह्वान गरी नगरपालिकाले आवश्यक पूर्वाधार संरचना बनाइरहेको हो।

सडकबाट कस्या टाकुरोसम्म पुग्न १५ मिनेट उकालो चढ्नुपर्छ। काँसको थालजस्तो आकार भएकाले यसको नाम कस्या टाकरो भएको स्थानीय सोवान भण्डारी बताउँछन्।

यहाँ परापूर्वकालमा डोटेली राजा नागी मल्ल बसेको बताइन्छ। उक्त टाकुराबाट सूर्योदय र सूर्यास्त एकदमै मनमोहक देखिन्छ। 

तस्वीर सौजन्य : विष्णुप्रसाद आचार्य, डिभिजन वन कार्यालय, डडेल्धुरा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.