|

काठमाडाैं : चितवनको राप्ती नगरपालिकामा शनिबार नेकपा पार्टीको नगर कमिटी बैठकमा पार्टीकै नेता तथा चितवन नेकपा सांसद सुरेन्द्र पाण्डेविरुद्ध पार्टीकै कार्यकर्ताले नाराजुलुस गरेका छन्। 

उक्त कार्यक्रममा ओली पक्षका कार्यकर्ताले जबज जिन्दावाद, मदन भण्डारी जिन्दावाद, केपी ओली जिन्दावाद भन्दै नाराबाजी गरेका थिए। नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट हुन्। उनलाई पार्टीमा फुट निम्त्याएको, ओली सरकार ढाल्न प्रचण्ड तथा माधव नेपाल नेता समूहमा लागेको आरोप कार्यकर्ताहरुले लगाएका छन्। 

राप्ती नगर कमिटीले आयोजना गरेको कार्यक्रममा भनाइ राख्ने क्रममा उनीविरुद्ध एक्कासि ओलीनिकट कार्यकर्ताले नाराबाजी गरी कार्यक्रम बिथोलिदिएका थिए। 

 

पत्रकार रामकृष्ण अधिकारीको फेसबुकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.