|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ बैजनाथ मन्दिर नजिकै ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा शनिबार साँझ एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुई जना घाइते भएका छन। मृत्यु हुने र घाइते हुनेहरु एकै परिवारका हुन्।

वाणीदेखि देखतभुलीतर्फ गइरहेको से१त ९५३३ नम्बरको ट्रयाक्टर र से१प ६७६५ नम्बरको मोटरसाइकल ठोक्किँदा ३५ वर्षिया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ५५ वर्षीय डम्मरदेव जोशी र उनकी १५ वर्षीया छोरी ममता जोशीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

वाणी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जोशीकी पत्नीको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.