|

काठमाडौं :  साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ।

शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो। शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ। शुक्रबार तोलाको १ हजार २ सय १० मा कारोबार भएको भएको चाँदीको मूल्य आज पनि उही छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.