|

ड्रग्स केसमा पक्राउ परेकी हास्य कलाकार भारती सिंहलाई आज अदालतमा पेश गरिने भएको छ। एनसिबीले १८ घण्टा सोधपुछ गरेपछि आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ। दुबैलाई स्वास्थ्य परीक्षण गर्न सियोन अस्पताल लगिएको छ।

साढे तीन घण्टासम्म सोधपुछ गरेपछि नारकोटिक्स नियन्त्रण ब्युरो (एनसीबी) ले शनिबार भारतीलाई पक्राउ गरेको हो। भारतीले एक रात एनसिबी महिला सेलमा बिताएकी छिन्। भारतीको घर र अफिसमा ८६.५  ग्राम गाँजा भेटिएको थियो।  भारतीले प्रहीलाई आफू पति हर्षसँग गाँजा लिने कुरा कबूल गरेकी छिन्।

शनिबार ब्युरोले अन्धेरी,लोखण्डवाला र बर्सोवामा रहेको घरमा छापा मारेको छ। ब्युरोले त्यहाँबाट केही नशालु पदार्थ बरामद गरेको बताएको थियो। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि फिल्मी क्षेत्रमा लागुऔषध प्रयोग हुने गरेको कुराबाहिर आइरहेको छ। लागुऔषधको मुद्दामा बलिउड कलाकारमाथि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.