|
सांकेतिक तस्वीर

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका-३ फाग्दिङस्थित यती माउण्टेन होम (होटल) मा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आज (आइतबार) बिहान करिब ९ बजे विद्युत सर्ट भई आगलागी हुँदा भौतिक संरचनासहित होटलभित्र रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिएका छन्‌।​​

करिब ५ घण्टा पछि स्थानीय, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। उक्तहोटल यति ग्रुपमार्फत करिब १२ वर्ष अघिदेखि स्थानीय ल्हाक्पा सोनाम शेर्पाले सञ्चालन गरिरहेका बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.