|

महोत्तरी : महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा रहेको अम्बिका जेनरल स्टोरको  गोदाममा  बेलुका ८ बजे आगलागी भएको छ। स्थानीयहरुले आगो निभाउने प्रयासमा छन्। तर, गोदाममा ग्यास सिलिण्डर भएकोले आगो फैलिँदै गएको छ।

जेनरल स्टोरका संचालक महेश साहको अनुसार आगो कहाँबाट सल्केको थाहा हुन सकेको छैन। गोदाममा रहेको ग्यास सिलिण्डरमा आगो लागेर पड्केका कारण आगो बलेको हो। 

औरही नगरपालिकाको आफ्नो बारुण यन्त्र नभएकाले गौशला र बर्दिबास नगरपालिकाको मगाएर आगो निभाउने काम भइरहेको छ। करिब डेढ घण्टादेखि आगो निभाउन जलेश्वर, जनकपुर उपमहानगपालिका, क्षीरेश्वरनाथ नगरपालिकाका वारुण यन्त्र पनि थप आइरहेका जानकारी इलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले दिए।

आगो निभाउन लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.