|

काठमाडौं : थाहाकर्मी कमल रानामाथि आइतबार राति आक्रमण भएको छ। कार्यालयको काम सकेर कोठामा जाँदै गर्दा राति साढे ९ बजे अत्तरखेलमा दुईजनाले आक्रमण गरेको रानाले जानकारी दिए।

आक्रमणबाट थाहासञ्चार नेटवर्ककाका वरिष्ठ सह–सम्पादक रानाको खुट्टामा चोट लागेको छ। प्रहरी चौकी माकलबारीबाट गएको प्रहरी टोलीले आक्रमणकारीलाई पक्राउ गरे पनि राति नै छोडेको छ। दुवैजना आक्रमणकारीले मादक पदार्थ सेवन गरेको र विहान ९ बजे चौकीमा हाजिर हुन आउनेगरी छाडिएको माकलबारी प्रहरी चौकीका असई लोकेन्द्र गिरीले बताए।

रेडियो थाहा सञ्चार र थाहा खबर डटकमले आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई पक्राउ गरी तत्काल कारवाही अघि बढाउन माग गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.