|

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली सबार हेलिकप्टर  विराटनगरमा अवतरण गरेको छ।

 ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण सिधै विराटनगर विमानस्थलमा अवतरण गरिएको हो।

प्रधानमन्त्री केहीबेर अघि विराटनगर विमानस्थलमा आइपुगे पनि प्रधानमन्त्री ओली हेलिकप्टरबाट झरेका छैनन्। पर्यटन मन्त्री योगश भट्टराई, सुभाष नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरु भने विशिष्ट कक्षमा रहेका छन्। 

इन्धन भर्नका लागि मात्र विराटनगर विमानस्थलमा हेलिकप्टर अवतरण गरिएको बताइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रिफिलिङ्गका लागि मात्र विराटगनर विमानस्थलमा आइपुगेको र यहाँ कुनै कार्यक्रम नरहेको बताए।  उनले केही बेरपछि नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.