|

दाङ : दाङमा जुवाखालबाट करिब डेढ लाख रुपैयाँसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान १ बजेतिर राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टबाट प्रहरीले उनीहरुलाई समातेको हो। सूचना पाएर गएको प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी तास बरामद गरेको दाङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका–३ का चुमानसिंह सुनार, सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्ण बहादुर राना, यम बहादुर राना, रुपेश आले र एडिस मिया रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.