|

कपिलवस्तु : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले संगठन निर्माण र प्रचार प्रसारमा कम्युनिस्ट बाट सिक्नुपर्ने बताएका छन्।

सोमबार कपिलवस्तुमा पत्रकार र कार्यकर्तासँग भेटघाटमा कांग्रेसको योजनाअनुसार काम गरेको भए पनि प्रचार गर्न नसकेको बताएका हुन्। नेता महतले सरकारप्रति इंगित गर्दै भने, ‘ओली सरकार सत्ता टिकाउने अभियानमा मात्र लागेको छ। वर्तमान सरकारले जनताको आवश्यकता, पीर मर्काप्रति कुनै चासो दिएको छैन। ओली सरकारको पालामा नेपालको इतिहासमा ठूलो भ्रष्टाचार भएको छ।'

नेकपाको दुई तिहाइको सरकारलाई जनताले हेरिसकेकोले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रूपमा लिने सहमहामन्त्री महतले बताए। कोभिडको महामारीमा समेत सरकारले केही गर्न नसकेको तर २० अर्ब रुपैयाँको खर्च देखाएको बताए।

कोभिड अनुगमन समितिका संयोजकसमेत रहेका महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचारसमेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताएका छन्।

नेपाल प्रेस युनियनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षता, मणि प्रसाद गैरेको सञ्चालनमा भएको कार्यक्रममा युनियनका उपसभापति खगप्रसाद चापागाईंको स्वागतमा भएको हो।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेविसंघका सभापति राजीव ढुंगाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य, पूर्वपार्टी सभापति राजेश आचार्यले मन्तव्य राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.