|

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले मंसिर ९ गते मंगलवार (आज) सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाको मंसिर ३ गतेको निर्णयानुसार मंगलवार शङ्खधर शाख्वा दिवस मनाउन नगरपालिकामा बिदा दिइएको प्रशासकीय अधिकृत धनकृष्ण श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

‘यस नगरपालिकाको वडा नं. ४ मा निर्माण भएको शङ्खधर सामुदायिक भवनको उद्घाटन काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यबाट मंगलवार बिहान ८ः३० बजे हुने र सो दिन शङ्खधर शाख्वा दिवस समेत मनाउने सन्दर्भमा यस नगरपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सार्वजनिक बिदा दिने यस कार्यालयको मिति २०७७/०८/०३ को निर्णयानुसार सर्वसाधारणहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.